म्यान्चेस्टर युनाइटेडका समर्थकहरुले बुधबार राती भएको खेलमा क्लबका पुर्व स्टार क्रीस्टियानो रोनाल्डोको गीत (च्यान्ट) गाएका छन् ।
विश्व कपको लामो ब्रेक पछिको पहिलो खेलमा म्यान्चेस्टर युनाइटेडले च्याम्पियन्ससीप क्लब बर्नलीबिरुद्ध काराबाओ कपमा २-० हराएको थियो ।
उक्त खेलमा म्यान्चेस्टर युनाइटेडका समर्थकहरुले रोनाल्डोबिरुद्धको गित गाएका हुन् ।
क्लब बिरुद्ध विवादास्पद अन्तर्वार्ता दिएका रोनाल्डोको सम्झौता रद्द गरेपछि उनी क्लबबिहिन छन् ।
विवादास्पद अन्तर्वार्ता दिएका रोनाल्डोबिरुद्ध युनाइटेडका समर्थकहरुले “मलाई रोनिको (रोनाल्डो) मत्लब छैन, न रोनाल्डोलाई मेरो, मलाई केवल म्यान्चेस्टर युनाइटेडको मत्लब छ” भन्दै च्यान्ट गाएका थिए ।
भिडियो हेर्नुहोस:
No more Viva Ronaldo.
Fans Man United di Inggris buat chant baru khusus buat bang Dodo, setelah cabut secara gak baik-baik.
via: @shivdhawan pic.twitter.com/oor2HAKRdQ
— Regista (@registaco) December 23, 2022