रोनाल्डोको भोट मेस्सी र लिवान्डोस्कीलाई तर दुवैको भोट रोनाल्डोले पाएनन्

प्लेयर अफ द इयर २०२०को अवार्ड बायर्न म्युनिखका सुपरस्टार रोबर्ट लिवान्डोस्कीले जितेका छन्। उक्त अवार्डको विजेता सबै राष्ट्रिय टिमका कप्तान, कोच र रिपोर्टरहरुको मतदानको अनुसार हुने गरेको छ।

उक्त अवार्डमा खेलाडीहरुले कसलाई भोट गरेको कुरा सार्वजनिक भएको छ र रोनाल्डोले आफ्नो दुवै प्रतिस्पर्धी मेस्सी र लिवान्डोस्कीलाई भोट दिएका थिए। मेस्सी र लिवान्डोस्कीले भने रोनाल्डोलाइ भोट नगरेको देखिन्छ।

उक्त स्टार खेलाडीहरुको भोट तल हेर्नुहोस:-

रोनाल्डोको भोट- पहिलो भोट लिवान्डोस्कीलाई, दोस्रो भोट मेस्सीलाई र तेस्रो भोट एम्बाप्पेलाई

मेस्सीको भोट:- पहिलो भोट नेमारलाई, दोस्रो भोट एम्बाप्पेलाई र तेस्रो भोट लिवान्डोस्कीलाई

लिवान्डोस्कीको भोट:- पहिलो भोट नेमारलाई अल्कान्ट्रालाई, दोस्रो भोट नेमारलाई र तेस्रो भोट डि ब्रोइनालाई