रोनाल्डोको बिकल्पमा युभेन्टसले यी पाँच स्ट्राइकर मध्ये एकलाई भित्र्याउन सक्ने

एजेन्सी, पोर्चुगिज फरवार्ड क्रीस्टियानो रोनाल्डो युभेन्टस छाड्ने सम्भावना बलियो छ। तीन बर्षको इटाली बसाइ पछि उनी क्लब छाड्न चाहेको हो।

उनलाइ अनुबन्ध गर्न सजिलो भने अन्य क्लबलाइ पक्कै छैन। कोरोना महामारीका कारण धेरै जसो क्लबको आर्थिक अवस्था नाजुक जस्तो बनेको छ। तर, यदि रोनाल्डो युभेन्टस छाडेमा युभेन्टसले उनको बिकल्पमा यी खेलाडीलाई भित्र्याउन सकिन्छ।

एर्लिङ हलाण्ड

युवा फरवार्ड माथि धेरै युरोपियन क्लबको नजर परेको छ। उनलाइ भित्र्याउन भने त्येती सजिलो छैन। उनले रियल म्याड्रिडलाई आफ्नो प्राथमिकतामा राख्दै अन्य क्लबलाई धोका बन्द गरिसकेका छन। यद्यपि, रियलसंग भने कुनै सम्झौता भइसकेको छैन। इन्टर मिलानबाट लिग जित्ने हो भने हलाण्ड रोनाल्डोको उत्कृष्ट विकल्प बन्न सक्दछ।

ह्यारी केन

इंग्ल्यान्ड तथा टोटेन्हमका कप्तान ह्यारी केन क्लब छोड्न आतुर छन। म्यान्चेस्टर सिटिले कडा निग्रानीमा रहेका केन उपाधीको खोजीमा रहेको छ। युभेन्टसको ईतिहास हेर्ने हो भने उपाधी हारेक सिजन जितेको छ। केन युभेन्टससंग अनुबन्धित भएमा उपाधी जित्न कठिन हुने छैन।

मौरो इकार्डी

अर्जेन्टिनी स्ट्राइकर बिगतमा पनि युभेन्टससंग नाम जोडिदै आएको छ। मिलानबाट प्यारिस गएका इकार्डी सोचे जस्तो खेल खेल्न पाएका छैनन्। यस्तै, इटाली फर्किन उनको इच्छा भए युभेन्टस एउटा उत्कृष्ट बिकप्ल हुन सक्छ।

ग्याब्रिएल जिजुस

पेप गुवार्डिओलाको टिममा खासै प्रभाव पार्न नसकेको खेलाडीको जेसुस। उनलाइ पहिलो रोजाइमा नखेलाइ गुवार्डिओलाले स्टर्लिङलाई मुख्य स्ट्राइकर खेलाउदै आएका छन।

एन्टोइन ग्रिज्म्यान

सर्जियो एग्युरो र मेम्फिस डिपाएको क्याम्प नोउ आगमनसंगै ग्रिज्म्यानको भविस्यबारे प्रस्न उठ्न थालेको छ। एट्लेटिकोको लय समात्न नसक्दा उनको प्रदशनको आलोचना हुँदै आएको थियो।