रोनाल्डोको प्रतिस्थापनको रूप यो स्टार खेलाडी भित्राउने म्यानचेस्टर युनाइटेडको योजना 

म्यानचेस्टर युनाइटेडका सुपरस्टार क्रिस्टियानो रोनाल्डो छोड्ने तयारीमा रहेको बेला क्लबका कोच एरिक टेन ह्याग उनको प्रतिस्थापनको खोजीमा रहेका छन् भने रिपोर्ट अनुसार उनको योजनामा आरबी साल्जबर्गका स्टार स्ट्राइकर बेन्जामिन सेस्को रहेका छन्।

म्यान्चेस्टर युनाइटेडमा क्रिस्टियानो रोनाल्डो खुसी छैनन् भने सिजन सुरु हुन अगाडी देखि नै उनी क्लब छोड्ने प्रयासमा छन्। यो सिजन उनले क्लबमा धेरै खेल समय पाएका छैनन् भने उनको फम पनि धेरै राम्रो हुन सकेको छैन र आउँदो ट्रान्सफर विन्डोमा उनलाई क्लब छोड्न दिने तयारीमा युनाइटेड रहेको छ।

उनले क्लब छोडे पछि युनाइटेडलाई नयाँ फोवार्डको आवश्यक हुने छ भने म्यानचेस्टर युनाइटेडको नजर आरबी साल्जबर्गका स्ट्राइकर बेन्जामिन सेस्कोमा रहेको रिपोर्ट आएको छ।

बेन्जामिन सेस्कोको नाम युनाइटेड सँग पहिले पनि जोडिएको थियो भने हाल रोनाल्डोले क्लब छोड्ने भए पछि उनलाई युनाइटेडले आफ्नो प्राथमिकता बनाउने र उनलाई साइन गर्न प्रयास गर्ने जानकारी छ। हाल आरबी साल्जबर्गमा खेल्दै गरेका बेन्जामिन सेस्को २०२३ आरबी लाइपजिगमा जाने सम्झौता रहेको छ भने उनलाई लाइपजिगबाट साइन गर्ने योजनामा युनाइटेड हुने रिपोर्ट छ।

१९ वर्षिया स्लोभेनियन स्ट्राइकरले हाल सम्म साल्जबर्गका लागि ६२ खेल खेल्दै १७ गोल र १० असिस्ट गरेका छन्।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ