रोनाल्डोको नाममा रहेको केही अनौठो रेकर्ड र तोड्न सक्ने रेकर्डहरु

एजेन्सी, क्रीस्टियानो रोनाल्डो ४० बर्ष लाग्न ४ साल बाकी छ। तर रोनाल्डो भने अझै रेकर्ड तोड्ने दाउमा छन।

कोपा इटालिया अन्तर्गत सेमि फाइनल खेलको पहिलो लेगमा इन्टर मिलानबिरुद्ध दुई गोल गर्दै रोनाल्डोले आफ्नो गोल सङ्ख्या २२ पुराए २३ खेलमा जारी सिजन युभेन्टसका लागि।

इटालिको सबै प्रतियोगिताको शिर्ष गोलकर्ता रहेको छ। रोमेलु लुकाकु भन्दा २ गोल बदि गरेका छन भने शेरो इमोबेले भन्दा ४ गोल बदि गरेका छन। इमोबेले गत सिजनको ‘गोल्डेन बुट’ बिजेता हो।

रोनाल्डो उन्को बर्षको खेलाडिको तुलनामा एक उत्कृष्ट खेलाडि हो त्येस्मा कुनै शंका छैन। तर धेरै जनाले उन्ले ४० पुग्दा सम्म नि धेरै रेकर्ड राख्ने आकलन गरेको छ।

उन्ले सादे दुई बर्षको अवधीमा युभेनटसबाट इतिहास रची सकेको छ।

रियल म्याड्रिडबाट २०१८ मा ११२ युरो मिलियनमा युभेन्टस तर्फ लागेका थिए। रोनाल्डोले ८० सेरि ए खेलमा ६७ गोल गरेका छन।

सन २०१९-२० को सिजनमा रोनाल्डोले सेरि ए मा नया रेकर्ड बनाए। उक्त रेकर्ड ३० बर्ष भन्दा माथीको खेलाडिले ३० गोल गरेको यो पहिलो पल्ट हो। उन्ले उक्त सिजन ३१ गोल गरे।

पहिला यो रेकर्ड एडिन जेकोको नाममा थियो। उन्ले २०१६-१७ को सिजनमा २९ गोल गरेका थिए। त्येस्तै डि नटालीले पनि २००९-१० मा सोही गोल गरेका थिए।

सेरि ए मा ३० बर्ष भन्दा माथीको थुप्रै खेलाडिहरुले गोल गरेका छन। तर रोनाल्डो भन्दा बदि गोल गर्ने मात्र एक जना छन – एडिन जेको, उन्ले ७८ गोल गरेका छन भने अझै लिगमा खेल्दै छन।

यदि रोनाल्डो युभेन्टसमा अझै लामो समय बसे भने उनी पाचौ खेलाडि बन्ने छ जस्ले ३० बर्ष भन्दा माथीका उमेरका खेलाडिले १०० गोल गर्ने छ।

बाकि अरु शिर्ष चारहरु धेरै अगाडि छन उनी भन्दा। रोमाको फ्रन्सिस्को टोट्टीले १२५, पुर्व मिलानका खेलाडि गुनार नोर्दाल्हले १३७ र पहिलो नम्बरमा डि नटाली रहेका छन उन्ले १६२ गोल गरेका छन।

यो तथ्यांक रोनाल्डोको भन्दा धेरै माथी रहेको छ। यधपी, रोनाल्डोले हरेक सिजन ३२ गोल गरेको खण्डमा ३ बर्ष भित्रमा सो रेकर्डमा पनि आफ्नो नाम लेखाउन सफल हुनेछ।