रोनाल्डोको नाममा नयाँ कीर्तिमान

क्रिस्टियानो रोनाल्डोले २५ वर्ष पुरानो रेकर्ड तोडेर आफ्नो नाममा लेखाएका छन् ।

शनिबार राति सिरी ए लिगमा क्याग्लिअरीविरुद्ध गोल गरेपछि रोनाल्डोको नाममा नयाँ रेकर्ड बनेको हो ।

रोनाल्डोले अब युभेन्टसको इतिहासमा नयाँ सिजन अन्तर्गत आफ्ना सुरुआती ५ वटै खेलमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।

क्लब युभेन्टसले रोनाल्डोको रेकर्ड ’bout अफ्नो अफिसियल वेबसाइटमार्फत् जानकारी दिएको छ । क्लबका अनुसार सिजन १९९४–९५ पछि युभेन्टसका कुनै पनि खेलाडीले लिगका सुरुआती ५ वटै खेलमा गोल गर्न सफल भएको यो नै पहिलोपटक हो ।

युभेन्टसको घरमा भएको खेलमा रोनाल्डोले पाहुना टोली क्याग्लिअरीविरुद्ध ४ मिनेटको बीचमा २ सुन्दर गोल गरेका थिए । यी २ गोलसँगै रोनाल्डोले यो सिजन लिगमा ५ खेलबाट ८ गोल र १ असिस्ट गरिसकेका छन् ।

गत सिजन रोनाल्डोले लिग इतिहासमै सबैभन्दा धेरै ११ खेलसम्म लगातार गोल गरेर कीर्तिमान बनाएका थिए । तर, त्यसैगरी, उनले १० होम म्याचमा लगातार गोल गरेर अर्को रेकर्ड पनि बनाएका थिए । तर, यसपटक उनले सिजन सुरु भइकन खेलेका सुरुआतका सबै ५ खेलमा गोल गरेर रेकर्ड बनाएका हुन् ।