म्यानचेस्टर युनाईटेडका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो केही दिन अघि ब्रिटिस रिपोर्टर पिरेस मोर्गन सँगको एक अन्तर्वार्तामा म्यानचेस्टर युनाईटेडका कोच र क्लबका मालिकको आलोचना गर्दै बोलेका थिए भने हाल युनाईटेडले रोनाल्डो सँगको सम्झौता रद्द गरेको छ भने रोनाल्डो फ्री एजेन्ट बनेका छन्।
🏴 Chelsea
🇵🇹 Sporting
🇺🇸 An MLS club
🇩🇪 Bayern Munich
🇫🇷 PSG
🇸🇦 A Saudi Arabian clubWhat will be Cristiano Ronaldo’s next club? 👇 pic.twitter.com/IXYxZwUW4f
— Football Daily (@footballdaily) November 22, 2022
अब रोनाल्डो क्लब विहीन रहेका बेला उनको नयाँ गन्तव्य कुन क्लब हुन सक्ने धेरै प्रश्न हुँदै गर्दा यी ७ स्थान मध्ये एक उनको नयाँ गन्तव्य हुन सक्ने धेरै सम्भावना रहेको छ।
चेल्सी
चेल्सीका नयाँ मालिक टोड बोहली रोनाल्डोको फ्यान हुन् भने उनलाई क्लबमा भित्राउन टोड धेरै इच्छुक रहेका छन्। गत ट्रान्सफर विन्डो टोड बोहलीले उनलाई साइन गर्न प्रयास गरे पनि कोच थोमस टुचेल रोनाल्डो भित्राउने कुराको विरुद्ध रहेको कारण उक्त ट्रान्सफर असफल भएको जानकारी थियो र सो कारण टुचेल र बोहली बिचको सम्बन्धमा पनि असर परेको चर्चा छ भने टुचेललाई चेल्सीले बर्खास्त गरेको थियो।
🚨 Cristiano Ronaldo’s wish would be to join PSG or Chelsea.
However, Mohammed bin Salman wants to sign him for 6 or 18 months for Newcastle and then send him to Al-Nassr FC afterwards, with an offer of €300M! 🤑🇸🇦
(Source: Gazzetta dello Sport) pic.twitter.com/hTps0DDbtt
— Transfer News Live (@DeadlineDayLive) November 23, 2022
स्पोर्टिङ लिस्बन
रोनाल्डोले २००३ सम्म पोर्चुगिज क्लब स्पोर्टिङ लिस्बनमा खेलेका थिए उनी स्पोर्टिङ लिस्बन फर्किन सक्ने धेरै चर्चा रहेको छ। रोनाल्डोकी आमाले पनि उनलाई स्पोर्टिङ लिस्बन फर्किन आग्रह गर्दै आएकी छिन् भने रिटायर हुन अगाडी आफ्नो पहिलो क्लबबाट फेरी खेल्न रोनाल्डो इच्छुक रहेको पनि चर्चा छ।
न्यूकासल युनाइटेड
साउदीका राजकुमार मोहम्मद बिन सलमानको नेतृत्वमा रहेको कम्पनीले न्यूकासल युनाइटेडलाई किने पछि न्यूकासल संसारकै सबैभन्दा धनी क्लब बनेको छ भने न्यूकासल युनाइटेडको खेल पनि हाल धेरै राम्रो रहेको छ र खेलाडीहरूमा पनि न्यूकासलको लगानी गर्ने क्षमता धेरै रहेको बेला फुटबल सुपरस्टार रोनाल्डोलाई क्लबमा भित्राउन न्यूकासल युनाइटेड इच्छुक रहेको रिपोर्ट छ।
Cristiano Ronaldo is reportedly torn over a move to Newcastle United or Saudi Arabian club Al-Nassr after the World Cup 😳 pic.twitter.com/25LTRJwAN7
— Transfermarkt.co.uk (@TMuk_news) November 23, 2022
पिएसजी
फ्रेन्च क्लब पिएसजी पनि रोनाल्डोलाई साइन गर्न इच्छुक रहेको रिपोर्ट छ। मेस्सी सँग पिएसजीको सम्झौता अन्त्य हुने क्रममा रहेको बेला मेस्सीले क्लब छोड्ने सम्भावना रहेको छ भने पिएसजी अर्को फुटबल स्टार क्लबमा भित्राउन इच्छुक रहेको बेला रोनाल्डोलाई फ्री एजेन्टमा पिएसजीले भित्राउन प्रयास गर्न सक्ने रिपोर्ट छ।
🚨🚨🌕| JUST IN: PSG’s owners are still interested in signing Cristiano Ronaldo in the January window. [@Plettigoal]
— centredevils. (@centredevils) November 14, 2022
बायर्न म्युनिख
रोनाल्डोका एजेन्ट जर्ज मेन्डेसले केही हप्ता अघि मात्र बायर्न म्युनिख सँग वार्ता गरेको चर्चामा आएको थियो भने बायर्नको नाम पनि रोनाल्डो सँग धेरै समय देखि जोडिएको छ। बायर्नका माने चोट ग्रसित भएका छन् र उनले विश्वकप पनि गुमाएका छन् भने बायर्नले रोनाल्डोलाई मानेको विकल्पको रूपमा साइन गर्न सक्ने चर्चा हुँदै आएको छ।
साउदी अरेबिया
गत ट्रान्सफर विन्डो साउदी अरेबियाका केही क्लबहरू उनलाई साइन गर्न धेरै इच्छुक रहेको थियो भने साउदीबाट उनको लागि ठुलो तलबको साथ प्रस्ताव पनि आएको रिपोर्ट थियो तर रोनाल्डोले उक्त प्रस्ताव अस्वीकार गरेको जानकारी छ भने रोनाल्डो हाल फ्री एजेन्ट रहेको बेला साउदी अरेबियाका क्लबहरू फेरी उनलाई साइन गर्न प्रयास गर्ने खबर छ।
एमएलएस
रोनाल्डो अमेरिकी मेजर लिग सकरमा पनि खेल्न सक्ने सम्भावना रहेको छ । धेरै युरोपियन स्टारहरूले आफ्नो क्यारियरको अन्त्य तिर अमेरिकन लिगमा खेलेका छन् भने एमएलएसको क्लबहरूको नजर पनि रोनाल्डोमा हुन सक्ने छ।