रोनाल्डोको दुई गोलमा युभेन्ट्सको शान्दार जित

इटालियन लिग सिरी ए अन्तर्गत आइतबार भएको खेलमा युभेन्ट्सले उडिनेसेमाथी शान्दार जित निकालेको छ ।

खेलमा रोनाल्डोले ९ औं मिनेटमा गोल गर्दै युभेन्ट्सलाइ अग्रता दिलाएको हो ।

३७ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो र टिमको लागि पनि दोस्रो गोल गरे ।

पहिलो हाफको अन्तिम मिनेटमा बोनुचीले गोल गर्दै युभेन्ट्सलाई ३-० को अग्रता दिलायो ।

दोस्रो हाफको अन्तिम मिनेटमा उडिनेसेका पुसेट्टोले गोल गर्दै खेल ३-१ मा सकियो ।

जितसंगै युभेन्ट्स लिगको शीर्ष स्थानमा उक्लन सफल भएको छ ।