रोनाल्डोको दुई गोलमा युभेन्टसको जित (हेर्नुहोस रोनाल्डोको गोल)

इटालियन सिरी ‘ए’ अन्तर्गत क्रिस्टियानो रोनाल्डोको दुई गोलसँगै युभेन्टसले इम्पोलीलाई पराजित गरेको छ। पहिलो हाफमा घरेलु टोली इम्पोलीका लागि फ्रान्सेस्को कपुतोले २८ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। युभेन्टसले खेलमा पकड देखाए पनि पहिलो हाफमा गोल गर्न सकेन।

दोस्रो हाफमा पेनाल्टीलाई सदुपयोग गर्दै रोनाल्डोले युभेन्टसलाई बराबरी दिलाए।

रोनाल्डोको पहिलो गोल

Tap on the photo to watch Cr7’s first Goal

इस्माएल बेनेकरले पौलो ड्याबलालाई लडाएपछि पाएको पेबाल्टी मार्फत रोनाल्डोले ५४ औं मिनेटमा गोल गरे। खेलको ७० औं मिनेटमा २५ यार्डबाट रोनाल्डोले उत्कृष्ट गोल गर्दै युभेन्टसलाई विजयी गोल दिलाए।

रोनाल्डोको दोस्रो गोल

Cristiano Ronaldo Scores Golazo

यो जितसँगै युभेन्टसले अंक तालिकाको शिर्षस्थानमा ७ अंकको अग्रता बनाउन सफल भएको छ।