रोनाल्डोको दबदबालाई मेसीले तोडे

मेसीले रोनाल्डोको दबाबलाई तोड्दै यो वर्ष च्याम्पियन्स लिगको गोल्डेन बुट जितेका छन् ।

३१ वर्षे मेसीले युरोपियन च्याम्पियन्स लिगमा १२ गोल गर्दै आफुलाई हकदार बनाउँदा लगातार छ पटक गोल्डेन बुट जितेका रोनाल्डो यो सिजन पछि परेका छन् । गोल्डेन बुट अर्जेन्टिनाका कप्तान मेसीको यो वर्षको तेस्रो अवार्ड हो । उनले यसअघि युरोपियन गोल्डेन सु र पिचिची ट्रफी जितेका थिए ।

सिजनको सुरुवातमा रोनाल्डो युभेन्ट्स पुगेको थियो । उनी पहिलो वर्ष नै सिरिएको उत्कृष्ट खेलाडी चुनिएका थिए । उनको टोली सिरिए च्याम्पियन बनेको थियो । यद्दपी विगतका वर्षहरुमा भन्दा यसपटक रोनाल्डोको गोल संख्या भने घटेको छ । उनले यो सिजन ४३ खेलमा २८ गोल मात्र गरे ।

मेसी र रोनाल्डोले गरि बालोन डी ओर १० पटक जितेका छन् । यी दुई बीच फेरि एक बालोन डी ओरका लागि पतिस्पर्धा गर्नेछन् । च्याम्पियन्स लिग विजेता लिभरपुलका भर्जील भान डाइकले मेसीलाई बोलोन डी ओरको मुख्य दाबेदारका रुपमा रहेको बताएका छन् ।

मेसी, रोनाल्डोबाहेक लिभरपुलका मोहम्मद सलाह र साडियो मानेलाई पनि बालोन डी ओरको दाबेदारका रुपमा हेरिएको छ ।