रोनाल्डोको जादु नचल्दा युभेन्ट्स पराजित

इटालियन सिरी ‘ए’ फुटबलमा साविक विजेता युभेन्ट्स पराजित भएको छ ।

आइतबार राति भएको खेलमा युभेन्ट्स इन्टर मिलानसँग २-० गोल अन्तरले पराजित भएको हो ।

घरेलु मैदानमा इन्टरलाई जित दिलाउन आर्टुरो भिदाल र निकोलो ’boutल्लाले एक एक गोल गरे ।

युभेन्ट्सविरुद्ध खेलको १२ औं मिनेटमा भिदालले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ५२ औं मिनेटमा निकोलोले गोल गर्दै इन्टरलाई २-० को जित दिलाए ।

बल पोजिसनमा पकड जमाएपनि युभेन्ट्सले भने गोल गर्न सकेन । जसको कारण युभेन्ट्सले सिजनको दोस्रो हार व्यहोर्यो ।

युभेन्ट्सलाई हराएसंगै इन्टरले शीर्ष स्थानको एसी मिलानसँग अंक बराबरी गरेको छ ।

दोस्रो स्थानमा रहेको इन्टरको ४० अंक रहेको छ । मिलानको पनि ४० अंक रहेको छ ।

युभेन्ट्स ३३ अंक जोडेर पाँचौ स्थानमा रहेको छ । यस हारले युभेन्ट्सको उपाधि यात्रामा समेत धक्का लागेको छ ।