रोनाल्डोको गोल बाबजुद युभेन्ट्स जित्न असफल

इटालियन सिरी ए अन्तर्गत आइतबार भएको खेलमा युभेन्ट्सले ससुओलोबिरुद्ध २-२ को बराबरी खेलेको छ ।

खेलमा युभेन्ट्सले २० औं मिनेटमा बोनुचीको गोलबाट १-० को अग्रता लियो ।

२२ औं मिनेटमा ससुओलोका बोगाले गोल गर्दै खेल बराबरीमा ल्यायो ।

दोस्रो हाफको ४७ औं मिनेटमा कापुटोले गोल गर्दै ससुओलोलाई अग्रता दिलायो ।

६८ औं मिनेटमा रोनाल्डोले पेनाल्टी मार्फत गोल गर्दै युभेन्ट्सलाइ हारबाट जोगाउन सफल भयो ।

बराबरीसंगै युभेन्ट्स दोस्रो स्थानको इन्टर मिलान भन्दा २ पोइन्टले माथि शीर्ष स्थानमा रहेको छ ।