रोनाल्डोको गोलसँगै सर्बिया माथि पोर्चुगलको संघर्षपूर्ण जित

युरोकप २०२० छनौट अन्तर्गत शनिबार राति भएको खेलमा पोर्चुगलले संघर्षपूर्ण जित निकालेको छ। खेलमा पोर्चुगलले सर्बियालाई ४-२ ले पराजित गरेको हो ।

४२ औँ मिनेटमा विलियम कारवाल्होको गोलबाट पोर्चुगलले पहिलो हाफमा १-० को अग्रता लियो। ५८ औँ मिनेटमा गोन्कालो गुएडेसको गोलबाट अग्रता दोब्बर पार्‍यो ।

६८ औँ मिनेटमा मिलेन्कोविकले सर्बियाका लागि १ गोल फर्काए । ८० औँ मिनेटमा क्रिष्टियानो रोनाल्डोले गोल गरेपछि पोर्चुगलको अग्रता ३-१ मा पुग्यो ।

८५ औँ मिनेटमा एलेक्सान्ड्र मिट्रोविकले सर्बियाका लागि गोल गोल गरे । त्यसको एक मिनेटपछि बर्नार्डो सिल्भाले गोल गरेपछि पोर्चुगल ४-२ ले विजयी भयो ।

जितसँगै पोर्चुगल समूहको दोस्रो स्थानमा उक्लिएको छ ।