रोनाल्डोको गोलमा युभेन्ट्सको जित, शीर्ष स्थानमा उक्लन सफल

युभेन्ट्स सिरि ए फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

आईतबार राति भएको खेलमा युभेन्ट्सले रोमालाई २–१ गोल अन्तरले हराएको हो ।

रोमाको घरेलु मैदानमा भएको खेलको तेस्रो मिनेटमै मेरी दिमिरालले गोल गर्दै युभेन्ट्सलाई अघि बढाएका थिए ।

त्यसको सात मिनेटपछि क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा गोल गर्दै पाहुना टोली युभेन्ट्सको अग्रतालाई दोब्बर बनाएका थिए ।

रोमाका डिएगो पेरोट्टीले ६८ औ मिनेटमा गोल गर्दै टिमलाई खेलमा फर्काउने कोशिश गरेपनि सफल हुन सकेन ।

रोनाल्डोले सिरि एमा चालू सिजन १४ गोल गरेका छन् ।

जितसंगै युभेन्ट्सले सिरि एमा दुई अंकको अग्रता लिएको छ । शीर्ष स्थानको युभेन्ट्सले १९ खेलबाट ४८ अंक जोडेको छ ।

उसले ईन्टर मिलानसंग स्पष्ट २ अंकको अग्रता लिएको हो । रोमा ३५ अंक सहित तालिकाको पाँचौ स्थानमा छ ।