रोनाल्डोको गोलमा युभेन्ट्सको उत्कृष्ट जित

शनिबार राति सोसिएटा पोलिसपोर्टिभा आर्स एट लेबर (एसपीएएल) लाई २ – ० ले पराजित गर्दै युभेन्ट्सले अपराजित यात्रा कायम राखेको हो । घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो र मारियो मान्डजुकिकले एक एक गोल गरे ।

एसपीएएलविरुद्ध रोनाल्डोले २९ औं मिनेटमा गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाए । योसंगै रोनाल्डोले लिगमा ९ गोल पुरा गर्न सफल भएका छन् । त्यसपछि खेलको ६० औं मिनेटमा मान्डजुकिकले गोल गर्दै युभेन्ट्सलाई २ – ० को जित दिलाए ।

जितसंगै शीर्ष स्थानको युभेन्ट्सले लिगमा ९ अंकको अग्रता बनाएको छ । युभेन्ट्सले १३ खेलबाट ३७ अंक जोडेको छ ।