इङलिस प्रेमिएर लिग अन्तर्गत सनिबार भएको खेलमा म्यान्चेस्टर युनाइटेडले जित निकालेको छ ।
नर्विचबिरुद्ध भएको खेलमा युनाइटेडले १-० ले जित हात पारेको हो ।
खेलमा म्यान्चेस्टर युनाइटेडले ७५ औं मिनेटमा रोनाल्डोको पेनाल्टी गोल मार्फत जित्न सफल भएको हो ।
जितसंगै म्यान्चेस्टर युनाइटेड लिगको पाचौं स्थानमा रहेको छ भने नर्विच सिटी लिगको पुछारमा रहेको छ ।