विश्वकपको नकआउट चरणमा दक्षिण कोरिया प्रवेश गरेको छ ।
एजुकेसन सिटी स्टेडियममा शुक्रबार राति पोर्चुगललाई २-१ गोलले हराउँदै दक्षिण कोरिया नकआउट चरणमा पुगेको हो ।
खेलको पाँचौं मिनेटमा रिकार्डो होर्टाले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको २७औं मिनेटमा किम योङ जीओनले रोनाल्डोको गल्तीको सदुपयोग गर्दै कोरियालाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।
त्यसपछि खेलको इन्जुरी समयमा ह्वाङ हि चानले गोल गर्दै कोरियालाई २-१ को जित दिलाए ।
यस जितसँगै कोरिया समूह ‘एच’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।
कोरियाले ३ खेलमा ४ अंक जोड्यो भने हारको बाबजुत पोर्चुगल समूह विजेता बन्दै नकआउट चरणमा पुगेको छ । पोर्चुगलले ३ खेलमा ६ अंक जोड्यो ।