रोनाल्डोको खेल हेर्न फुल्ह्याम पुगे स्पिड तर फेरी पनि रोनाल्डो टिममा परेनन्

प्रसिद्ध अमेरिकी युट्युबर ‘आइसोस्पिड’ क्रिस्टियानो रोनाल्डोको ठुलो फ्यान रहेका छन् भने उनी रोनाल्डोको खेल हेर्न इङ्गल्यान्डमा आएका थिए तर विश्वकप सुरु हुन अगाडीको म्यानचेस्टर युनाइटेडको अन्तिम दुई खेलमै रोनाल्डो नपरे पछि उनको सपना अधुरो हुने भएको छ।

१३ मिलियन भन्दा धेरै सब्सक्राइबर भएका आइसोस्पिड रोनाल्डोलाई भेट्ने भनेर म्यानचेस्टर युनाइटेड र एस्टन भिल्ला बिचको खेल हेर्न अमेरिकाबाट म्यानचेस्टरमा पुगेका थिए तर रोनाल्डो उक्त खेलमा टिममा नपरे पछि हाल उनी फुल्ह्याम पुगेका छन् तर फुल्ह्याम विरुद्धको खेलमा पनि रोनाल्डो टिममा परेनन्।

रोनाल्डो सँग भेट्ने भनेर आइसोस्पिड फुल्ह्यामको स्टेडियम क्रेभेन कटेजमा खेल सुरु हुनु भन्दा १ घण्टा अगाडी नै पुगे तर रोनाल्डो टिममा नपरेको केही समय पछि मात्र उनले थाहा पाए भने युनाइटेड सँग रोनाल्डोको खेल हेर्ने उनको सपना अझै पुरा हुन सकेन।

फुल्ह्याम विरुद्धको खेल २०२२ कतार विश्वकपको अघि युनाइटेडको अन्तिम खेल रहेको छ भने अब युनाइटेड विश्वकप पछि डिसेम्बर २८मा मात्र लिग खेल खेल्ने छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ