“रोनाल्डोको कारण म्यान्चेस्टर युनाइटेड आए”

ब्रुनो फर्नांडिस स्वीकार्छन् कि उनि म्यानचेस्टर युनाइटेडमा जानुमा क्रिस्टियानो रोनाल्डोको ठुलो भूमिका छ।

रोनाल्डो, हाल युभेन्टसमा खेल्दै छन् तर १७ वर्ष अघि २००३ मा उनि युनाइटेडमा सामिल भएका थिए; फर्नांडिस त्यसबेला आठ वर्षको मात्र थिए।

फर्नांडिसले भने: “मेरो सानैदेखि म्यानचेस्टर युनाइटेडको लागि खेल्नु सपना थियो।

“युनाइटेड विश्वको सब भन्दा ठूलो क्लब हो। म सानो हुँदा, म्यानचेस्टर युनाइटेडको खेल र खेलाडीहरूलाई हेर्ने गर्थे, विश्वको सबैभन्दा ठूला ताराहरू यो क्लबमा खेलेका छन्।

“म्यान्चेस्टरलाई अधिक चासोको साथ हेरें जब क्रिस्टियानो यहाँ थिए उनि पोर्तुगाली खेलाडीहरू हुन् र धेरै पोर्तुगल फ्यानहरुले उनको कारण युनाइटेडलाई समर्थन गरे ,।

“म युनाइटेडमा जानुमा क्रिस्टियानो रोनाल्डोको ठुलो भूमिका छ”