रोनाल्डोका कारण कोका-कोलालाई चार बिलियन डलरको घाटा

युरो कपमा हंगेरी विरुद्धको खेल अगाडीको पत्रकार सम्मेलनमा पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोको  कोकाकोलाको बोतल प्रतिको प्रतिक्रियाले कोकाकोलालाई नकारात्मक प्रभाव परेको छ।

पत्रकार सम्मेलनमा सामेल हुने क्रममा उनले आफ्नो डेस्कमा कोकाकोलाको दुई बोतल देखे र सो कुराबाट उनी खुसी थिएनन् र उनले उक्त दुई बोतल आफू भन्दा टाढा राखे र त्यो ठाउँमा पानीको बोतल राखे र सो भिडियो धेरै भाइरल भएको थियो भने हाल उक्त घटनाले कोका-कोलालाई चार बिलियन डलरको घाटा लागेको छ।

कोका-कोलाको ठाउँमा पानीको बोतल राख्दै उनले दर्शकहरूलाई पनि उक्त सफ्ट ड्रिंकको सत्ता पानी पिउनु आग्रह गरेका थिए र हाल सो घटना पछि कोका-कोलाको शेयर मूल्यहरू १.६%को गिरावट आएको छ। सो कारण कोका-कोला कम्पनीको मूल्याङ्कन २४२ बिलियनबाट २३८ बिलियनबाट पुगेको छ र कोका-कोलालाई चार बिलियन डलरको घाटा भएको डेली स्टारले जनाएको छ।

कोका-कोला युरो २०२०को प्रायोजकको रूपमा रहेको छ भने रोनाल्डो आफ्नो फिटनेस र स्वास्थ्यलाई धेरै गम्भीरता रुपमा लिने गर्छन् भने उनी स्वस्थ जीवनशैलीलाई बढावा दिने गर्छन्।