“रोनाल्डोको उपस्थितिले युभेन्ट्स युरोपको उत्कृष्ट क्लब हुदैन” – लोथार

जर्मनीका दिग्गज खेलाडी लोथार मथाउसले क्रिस्टियानो रोनाल्डोको आगमनले मात्र युभेन्ट्स युरोपको उत्कृष्ट टोली बन्न नसक्ने दावी गरेका छन् । विश्व फुटबलकै उत्कृष्ट खेलाडीमा गनिने मथाउसले रोनाल्डोको आगमनपछि पनि युभेन्ट्सको प्रदर्शन पहिलेझैं रहने बताएका हुन् ।

‘क्रिस्टियानो रोनाल्डोको उपस्थितीले युभेन्ट्सको युरोपियन टोलीबीचको अन्तर घट्न सक्ने छ । तर, यो ग्यारेन्टी छैन की उनी च्याम्पियन्स लिग जित्ने छन्’ मथाउसले भने । ३३ बर्षीय रोनाल्डोले गत वर्ष रियल म्याड्रिडलाई चौथो पटक च्याम्पियन्स लिग दिलाएका थिए ।

पूर्व इन्टर मिलान, बार्यन म्युनिख तथा जर्मनीका स्टार मथाउसका अनुसार युरोपेली प्रतियोगिता जित्न त्यती सजिलो छैन । जती कोही रोनाल्डोलाई देखेर मान्दछन् अहिले उनीनै जित्ने छन् । उनले भने, ‘रोनाल्डो अब फुटबल खेलाडीका लागि राम्रो उमेरमा छैनन् । मलाई लाग्छ की उनी च्याम्पियन्स लिगमा ध्यान दिउन् । त्यहाँ उनी आफ्नो उत्कृष्ट प्रदर्शन देखाउन सक्छन् र गत वर्ष रियलमा यस्तो प्रदर्शन देखाउन सक्थे ।’

उनले थपे, ‘जस्तो उनी उत्कृष्ट खेल्न सक्छन् । नेपोली र इन्टर उनका लागि निकैनै कठिन टिम हुन् । मलाई लाग्छ युभेन्ट्सले सात पटक लिग जितेका कारण अपनी लिग रोमाञ्चक हुनेछ । तैपनि अन्य शीर्ष टिम र रोनाल्डोका लागि लिग अझै प्रतिस्पर्धी हुदै गएको छ ।’

‘रोनाल्डो शिर्ष टिमको नजिक आउन सक्छन् । म ठोकुवा गर्न सक्दिन कि युभेन्ट्स रोनाल्डोका कारण लिगको शिर्ष स्थानमा हुनेछ,’ म्याथ्युसले भने ।