रोनाल्डोको उत्कृष्ट हेडर गोलको चर्चा

सिरी ए अन्तर्गत युभेन्टस विजयी भएको छ । गए राती सम्पन्न खेलमा युभेन्टसले क्रोटोनलाई ३-० गोल अन्तरले पराजित गरेको थियो उक्त खेलमा रोनाल्डोले गरेको हेडर गोल हाल धेरै चर्चा हुँदै गरेको छ।

युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डोले २ गोल गरेका थिए र खेलको ४५औ मिनेटमा उनले निकै उत्कृष्ट हेडर गोल गोल।

रीबाउन्दबाट फर्केको बललाई युभेका खेलाडीले क्रस गरे जसलाई हेड हान्न रोनाल्डोले निकै उत्कृष्ट रन लिए र निकै शक्तिशाली हेडर हाने।

उनको उक्त गोलको भिडियो हाल भाइरल हुँदै गएको छ। ३६ वर्षका रोनाल्डोले अझै पनि उत्कृष्ट गोल गर्दै छन् र उनको प्रदर्शनले अझै पनि फ्यानहरूको मन जित्ने गरेको छ।

यस खेलमा यस सिजनको आफ्नो १७औ र १८औ गोल गरेका रोनाल्डोले इटालियन सिरी ए मा रहेका सबै टिम विरुद्ध गोल गर्ने नयाँ रेकर्ड बनाएका छन् । साथै रोनाल्डो युरोपका टप पाँच लिगमा अहिलेसम्म ७८ टिमविरुद्ध गोल गरेको रेकर्ड बनाएका छन् । उनी भन्दा अगाडी स्विडेनका जलाटन इब्राहिमोविचले ७९ टिमविरुद्ध गोल गरेको रेकर्ड रहेको छ ।