रोनाल्डोको उत्कृष्ट कीर्तिमान- प्रिमियर लिग, ला लिगा र सिरि ए मा ५० गोल गर्ने पहिलो खेलाडी

स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतले इटालियन सिरी ए फुटबलमा युभेन्टस विजयी भएको छ । सोमबार राति भएको खेलमा युभेन्टसले लाजिओमाथि २-१ गोलले विजयी भएको हो ।

घरेलु मैदानमा भएको खेलमा युभेन्टसको जितका लागि रोनाल्डोले दुई गोल गरे । पाहुना टोली लाजिओका लागि किरो इमोबाइलले एक गोल फर्काए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा युभेन्टसले अग्रता लिएको थियो । खेलको ५१ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटपछि रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरे । उनले पाउलो डिबालाको पासमा गोल गर्दै युभेन्टसलाई २-० गोलको अग्रता दिलाए ।

खेलको ८३ औं मिनेटमा लाजिओले एक गोल फर्कायो । इमोबाइलले पेनाल्टीमा गोल गर्दै खेलमा गोल अन्तर घटाउने प्रयास गरे । तर त्यसपछि थप गोल हुन नसक्दा खेल घरेलु टोली युभेन्टसले २-१ गोलले जितेको हो ।

यस जितसँगै युभेन्टसले अंक तालिकाको शीर्ष स्थानमा पकड हमाएको छ । ३४ खेल खेकेको युभेन्टसको ८० अंक छ । जुन दोस्रो स्थानको इन्टर मिलानभन्दा आठ अंक बढी हो । पराजित लाजिओ समान खेलमा ६९ अंक जोड्दै चौथो स्थानमा छ ।

याे सँगै रोनाल्डोले फेरि नयाँ कीर्तिमान बनाउन सफल भएका छन् । युभेन्टसका स्ट्राइकर प्रिमियर लिग, ला लिगा र सिरिए ए मा ५० गोल गर्ने पहिलो खेलाडी बनेका हुन् ।

पोर्चुगिज खेलाडीले पहिलो हाफमा पेनाल्टीबाट गोल गर्दै इटालीको शीर्ष लिगमा ५० गोल पुरा गरेका थिए । सन् १९९५ यता यति चाँडो सो कोशेढुंगा पार गर्ने उनी पहिलो खेलाडी हुन् । रोनाल्डोले पेनाल्टीबाट गोल गर्दै सन् १९९४–९५ सिजनमा गिउसेपे सिग्नोरीले बनाएको एक सिजनमा सबैभन्दा धेरै गोलको कीर्तिमान पनि बराबरी गरेका छन् । यो सिजन उनले पेनाल्टीबाट १२ गोल गरेका छन् ।