रोनाल्डोको इटालीमा यस्तो कीर्तिमान

क्रिस्टियानो रोनाल्डोले आफ्नो ऐतिहासिक एक हजारौं खेलमा शनिबार कीर्तिमान लगातार ११ औं इटालीको सिरी ए खेलमा गोल गरेका छन् ।

उनको त्यो प्रदर्शनको मदतले युभेनट्सले पुछारतिर रहेको स्पाललाई २–१ ले हरायो । पोर्चुगाली ३५ वर्षीय खेलाडीले पहिलो हाफ सकिन छ मिनेट अगाडि गोल गरे ।

यसक्रममा उनले लिगका लगातार ११ खेलमा गोल गरेको कीर्तिमान बराबरी गरेका हुन् ।

यो कीर्तिमान ग्याब्रिएल बाटिस्टुटा र फाबिनो क्वागिरेलाको नाममा छ । पाँच पल्टका बेलन डे अर विजेता रोनाल्डोले यसपल्ट सबै प्रतियोगितामा २५ गोल गरिसकेका छन् ।