रोनाल्डोको इज्राएलबिरुद्ध यस्तो हास्यास्पद फ्री-किक

युरोपेली च्याम्पियनसिपअघिको अन्तिम तयारी खेलमा पोर्चुगलले सानदार जित दर्ता गरेको छ ।

घरेलु मैदानमा पोर्चुगलले इजरायलमाथि ४–० को फराकिलो जित दर्ता गरेको हो ।

लिस्वनमा बुधबार राति भएको खेलमा पोर्चुगलको फराकिलो जितमा म्यानचेस्टर युनाइटेडका ब्रुनो फर्नान्डेसले दुई तथा युभेन्टसका स्टार फरवार्ड तथा कप्तान क्रिस्टियानो रोनाल्डो र म्यानचेस्टर सिटीका जोओ क्यान्सिलोले समान एक गोल गरे । पहिलो र दोस्रो हाफमा समान २/२ गोल भएको थियो ।

खेलको ४० औं मिनेटमा पोर्चुगलले पाएको फ्री किकमा रोनाल्डोले बललाई गोल पोस्ट भन्दा निकै टाढा प्रहार गर्दै अवसर खेर फाले । भिडियो हेर्नुहोस: