च्याम्पियन्स लिगको अन्तिम १६को पहिलो लेगको खेलमा हालका दुई युवा स्टार एम्बाप्पे र हालान्डले निकै उत्कृष्ट प्रदर्शन गरे र दुईले आफ्नो टिमलाई जित दिलाउन मद्दत गरे।
🤯 Haaland needs to score 44 goals every year until he’s 35
🤯 Mbappe needs to score 48 goals every year until he’s 35Haaland and Mbappe have a very long way to go before they can be compared to the GOAT of goalscoring 🐐https://t.co/nPqi3j1nse
— GiveMeSport (@GiveMeSport) February 18, 2021
एम्बाप्पे र हालान्ड दुवैको हाल धेरै प्रशंसा हुँदै गरेको छ र दुई स्टार रोनाल्डो र मेस्सीको स्तरमा पुग्ने छन् भनेर अहिले देखि नै धेरै चर्चा हुँदै गरेको छ।
मेस्सी र रोनाल्डो एक दशक भन्दा बढी समय देखि विश्व फुटबलमा दुई सर्वश्रेष्ठ खेलाडीको रूपमा रहेका छन्। तर दु: खको कुरा यो स्वीकार गर्न पर्छ, दुवै स्टारको उमेर ३० पार गरेको छ, मेस्सी ३३ वर्षका भएका छन् र रोनाल्डो ३६ जसको मतलब दुवै खेलाडीको क्यारियर अन्त्य हुने धेरै नजिक छ ।
Let’s not get ahead of ourselves comparing talents to football’s greats.
Cristiano Ronaldo has 763 career goals, meaning…
Haaland would need 44 goals a year until he’s 35 to match him.
Mbappé would need 48 goals a year until he’s 35 to match him. pic.twitter.com/qk5Z3teSuu
— LDN (@LDNFootbalI) February 17, 2021
दुवै सुपरस्टार खेलाडीहरूको नाममा धेरै रेकर्ड रहेको छ जुन एम्बाप्पे वा हालान्डले पछि पार्ने धेरैको विश्वास रहेको छ तर यो सजिलो हुने छैन।
रोनाल्डोको सबैभन्दा उत्कृष्ट रेकर्ड ७६३ क्यारियर गोल रहेको छ। उक्त रेकर्डमा पुग्न २० वर्षका हालान्डले ३५ वर्षको उमेर सम्म प्रति वर्ष ४४ गोल गर्नु पर्ने हुने छ र २२ वर्षका एम्बाप्पेले ३५ वर्षको उमेर सम्म प्रति वर्ष ४८ गोल गर्नु पर्ने हुने छ।
दुई युवा स्टारले मेस्सी र रोनाल्डोको ठाउँ लिने धेरै चर्चा छ तर रोनाल्डो र मेस्सीको रेकर्ड पुग्न दुई खेलाडीलाई धेरै गाह्रो हुने स्पष्ट रहेको छ।