२००५मा बलोन डि’ओर जितेका रोनाल्डिन्हो हाल अर्हेका जेलमा फुटसल टूर्नामेन्ट आयोजना भएको छ।
बिहीबार ब्राजिलका स्टार, उनको भाइ र एजेन्टलाई नक्कली राहदानी प्रयोग गरेर देशभित्र प्रवेश गर्न खोजेको आरोपमा पराग्वेमा पक्राउ गरिएको थियो।
Ronaldinho and his brother have been arrested for entering Paraguay with fake passports.
His fake passport shows his correct name, birthplace, and birthdate, but it falsely suggests that he’s a naturalized Paragauay citizen. [@Santula] pic.twitter.com/qOVEi7xPmi
— Zach Lowy (@ZachLowy) March 5, 2020
पराग्वेको अदालतले जमानत अस्वीकार गरेपछि रोनाल्डिन्हो र उनका भाइ दुवै पराग्वेको नेशनल पुलिसको अग्रापासीन एस्पेशलिजादाको जेलमा छन्।
र खबर छ कि संसारको एक महान फुटबलर उक्त जेलमा प्रवेश गरेको केही दिन पछि जेलले फुटसल टूर्नामेन्ट सञ्चालन गर्ने निर्णय गरेको छ।
Paraguayan prison where football star Ronaldinho is held organises futsal tournament – reportshttps://t.co/YzYLRN4h7v
— Sputnik (@SputnikInt) March 10, 2020
खबर अनुसार उक्त जेलमा प्रत्येक छ महिनामा फुटसल टूर्नामेन्ट हुन्छ र रोनाल्डिन्होको आगमन हुनु अघि नै यो योजना रहेको थियो। सामान्यतया त्यहाँ १९४ कैदीहरू संलग्न छन् जसलाई १० टिममा विभाजन गरेर फुटसल टूर्नामेन्ट हुने छ (कुनै पुलिस अफिसरहरूले भने खेल्ने छैन) ।