रोनाल्डिन्हो छुट्ने आशा

ब्राजिली पूर्व स्टार फुटबल खेलाडी रोनाल्डिन्होका वकिलले पाराग्वेमा दुई महिना नजरबन्दमा बिताएयता विश्व वर्ष खेलाडी छुट्ने विश्वास पोखेका छन् ।

उनका वकिलले एएफपीलाई भनेका छन्, ‘हामी रोनाल्डिन्‍हो र उनका दाजुलाई आफ्नो घर फिर्ता पठाओ्स भनेर बुझाउने प्रयासमा छौं । तर हाम्रोसामु प्रतीक्षा गर्ने बाहेक अर्को विकल्प छैन ।’

बार्सिलोना, एसी मिलान र पेरिस सेन्ट जर्मेनका पूर्व खेलाडी रोनाल्डिन्हो आफ्ना दाजु रोबर्ट डे एसिस मोरेरासँगै जाली पासपोर्टमा पाराग्वे प्रवेश गरेका थिए ।

उनीमाथि आरोप प्रमाणित भएमा कम्तीमा पाँच वर्ष जेल सजाय हुनेछ ।