रोनाल्डिन्होले रामोसको ट्रोल गरे पछि रामोसले पनि फर्काए जवाफ

बार्सिलोनाका ब्राजिलियन लेजेण्ड रोनाल्डिन्होले आफ्नो पूर्व प्रतिद्वन्द्वी रामोसलाई ट्विटर मार्फत ट्रोल गरे र रामोसले पनि उनलाई जवाफ फर्काएका छन्। रामोस हाल रियल छोडी छोड्दैछन र सबै तिर सो ’bout चर्चा हुँदै गर्दा पूर्व बार्सा स्टार रोनाल्डिन्होले उनको ट्रोल गर्ने निर्णय लिए।

रोनाल्डिन्होले ट्विटर मा आफ्नो र रामोसको एल क्लासिको खेल बेलाको फोटोमा रामोसलाई त्याग गर्दै पोस्ट गरे र उनले क्याप्सनमा “हे रामोस यो रातको सम्झना छ ?! भनेर लेखे।

उक्त फोटो २००६/०७  सिजनको रियल र बार्सा बिचको खेल थियो जसमा बार्साले रियललाई २-०ले पराजित गरेको थियो।

रोनाल्डिन्होले आफूलाई गरेको ट्रोलमा रामोस आफैले जवाफ फर्काए। उनले रोनाल्डिन्होको सो पोस्टको जवाफमा रियलले त्यो सिजन लिग जिते पछिको परेडको फोटो हाले र उनले लेखे “मलाई याद छ … तर केही महिना पछिको यो समय त्यो भन्दा राम्रो थियो।”

रोनाल्डिन्होको ट्रोल प्रयासमा रामोसले निकै कडा जवाफ फर्काए भने दुई बिच अझै पनि रमाइलो प्रतिस्पर्धा रहेको देखिन्छ।

रामोस २००५मा सेभिल्लाबाट रियल आएका थिए र हाल सम्म उनले रियलको लागि ६७१ खेल खेल्दै १०१ गोल र ४० असिस्ट गरेका छन्। उनले रियल सँग धेरै उपाधिहरू जितेका छन् जसमा ४ च्याम्पियन्स लिग र ५ लिग उपाधिहरू पनि रहेको छ। रोनाल्डिन्हो र रामोस बिच ला लिगामा निकै रोमाञ्चक प्रतिस्पर्धा स्थापित भएको थियो भने दुवै फुटबलको लेजेण्ड रहेका छन्।