‘रोनाल्डिन्होलाई जेलबाट छुट्ट्याउन मेस्सीले मदत गर्ने कुरा सत्य होइन ‘

बार्सिलोनाका स्टार लियोनेल मेसीले रोनाल्डिन्होलाई पराग्वेयन जेलबाट छुट्ट्याउन खोजेको कुरा रोनाल्डिन्होका नजिकका व्यक्तिहरूले इन्कार गरेका छन्।

खबर छ कि मेस्सीले रोनाल्डिन्होलाई जतिसक्दो चाँडो जेलबाट छुट्ट्याउन मद्दत गर्ने योजना रहेको भन्ने हल्लाबाट मेस्सी खुसी रहेका छैनन् , र उनले उक्त दाबी इन्कार गरेका छन्।

“मेस्सी रोनाल्डिन्होको व्यक्तिगत अवस्थाको लागि धेरै दु: खी छन् तर ब्राजिलका पूर्व फुटबलरलाई जेलबाट हटाउन उनले कुनै आर्थिक वा न्यायिक मदत गरेका छैनन्” स्पोर्टले भने।

“उनले आफ्ना वकिलहरुलाई मुद्दामा काम गर्न लगाएका छैनन् र उनले चार मिलियन यूरो जमानत दिने कुरा पनि सत्य होइन।”

 

पेरूको अखबार लाइबेरोले दावी गरेका थिए कि बार्सिलोनामा विशेष सम्बन्धका कारण मेस्सीले आफ्नो पैसाबाट चार मिलियन यूरो तिर्ने छन भनेर जुन मेस्सीले सत्य नरहेको बताए।