रोजर फेडरर यूएस ओपन टेनिसको तेस्रो चरणमा प्रवेश

रोजर फेडरर यूएस ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् ।

विश्व बरीयतामा तेस्रो स्थानमा रहेका फेडररले दामीर जुमहुरलाई हराउँदै तेस्रो चरणमा स्थान बनाए । स्वीस खेलाडी फेडररले दामीरलाई ३–६, ६–२, ६–३ र ६–४ को सेटमा हराए।

उनले दामीरसँग पहिलो सेट ३-६ ले हारेका थिए। त्यसपछि उत्कृष्ट कमब्याक गरेका उनले ६–२, ६–३ र ६–४ ले जित्न सफल भए ।

फेडररले अब तेस्रो चरणमा बेलायतका डान इभान्स र फ्रान्सका लुकास पोउलीबीचको विजेतासँग खेल्नेछन् । फेडरर यूएस ओपन टेनिसको पाँच पटकका च्याम्पियन हुन्।