रेफ्रीले फ्यानहरूलाई पहेँलो कार्ड दिए पछि

एस्टन भिल्ला र ब्रिस्टल सिटी बिच भएको मैत्रीपूर्ण खेलमा रेफ्रीले फ्यानहरूलाई पहेँलो कार्ड दिएको भिडियो भाइरल हुँदै गएको छ। प्रिमियर लिग रेफ्री केविन फ्रेन्डले मजाक गर्दै एस्टन भिल्लाका प्रशंसकहरूलाई पहेँलो कार्ड देखाए पछि हाल सो भिडियो भाइरल हुँदै गएको छ।

खेलको क्रममा एस्टन भिल्लाका फ्यानहरूले केविन फ्रेन्डलाई अर्का प्रिमियर लिग रेफ्री माइक डिन सँग तुलना गर्दै गीत गाउँदै उनको ट्रोल गरे पछि रेफ्री केविन फ्रेन्डले पनि मजाक गर्दै फ्यानहरूलाई पहेँलो कार्ड देखाए।

फ्यानहरूले उनी प्रसिद्ध रेफ्री माइक डिनको नराम्रो प्रकार रहेको भन्दै गीत गाउँदै उनको ट्रोल गरेका थिए भने केविन फ्रेन्डलाई मैदानबाट हात हल्लाउन फ्यानहरूले अनुरोध गरे पछि रेफ्री केविन फ्रेन्डले पनि मजाक गर्दै फ्यानहरूलाई पहेँलो कार्ड देखाए र सो पछि फ्यानहरू हर्षित भए।

हाल उक्त समयको भिडियो भाइरल हुँदै छ भने फ्यानहरूको ट्रोलमा रेफ्रीले पनि मजाक गरेकोमा रेफ्री केविन फ्रेन्डको पनि प्रशंसा हुँदै गरेको छ। उक्त खेल भने एस्टन भिल्लाले ३-०ले जितेको थियो।