रेफ्रीले पहिलो हाफको अतिरिक्त समय हाफ टाइम पछि खेलाए पछि

इङ्गल्यान्डको चौथो डिभिजनको फुटबल लिगमा रेफ्रीले निकै अनौठो गल्ती गरे पछि हाल सो ’bout धेरै चर्चा हुँदै गरेको छ। रेफ्रीले पहिलो हाफको अतिरिक्त समय हाफ टाइम हुनु अगाडी खेलाउन बिर्से पछि दोस्रो हाफ सुरु भए पछि खेलाए।

इङ्गल्यान्डको चौथो डिभिजनको इएफएल लिग टुमा लेटन ओरिएन्ट र हार्टलपूल बिचको खेलको पहिलो हाफमा ४ मिनेट अतिरिक्त समय थप भएको थियो तर खेलमा रेफ्री एलन यंगले उक्त ४ मिनेटको अतिरिक्त समय खेलाउन बिर्से र जब उनले आफ्नो गल्ती’bout थाहा पाए खेलाडीहरू टनेल भित्र पुगी सकेका थिए र उनले हाल टाइम हुन दिए।

तर १५ मिनेटको हाफ टाइम पछि उनले फेरी उक्त ४ मिनेट अतिरिक्त समय खेलाए। हाफ टाइम पछि टिमले पोस्ट परिवर्तन गर्नु पर्ने हुन्छ र उनले हाफ टाइम पछि ४ मिनेटको अतिरिक्त समय खेलाए पछि मात्र पोस्ट परिवर्तन गर्न लगाए र दोस्रो हाफ सुरु गरे।

लेटन ओरिएन्ट क्लबले ट्विटर मार्फत रेफ्रीको उक्त निर्णय प्रति आफ्नो असन्तुष्टि व्यक्त गरे भने हाल उक्त घटना ’bout धेरै चर्चा हुँदै गरेको छ भने रेफ्रीको पनि आलोचना हुँदै गरेको छ। उक्त खेल भने ओरिएन्टले ५-०ले जितेको थियो।