रेफ्रीले खेलाडी सँग नै न्यु खोजे पछि

इङ्गल्यान्डको तेस्रो डिभिजनको लिगमा इप्सविच टाउन र नर्थ्याम्प्टन बिचको खेल विवादास्पद हुन पुगेको थियो। खेलको क्रममा रेफ्रीले खेलाडी सँग नै न्यु खोज्न गए पछि रेफ्री डारेन ड्राइसडेलको आलोचना भएको छ।

खेलको क्रममा इप्सविचका मिडफिल्डर एलन जर्जलाई फाउलको लागि पहेँलो कार्ड दिने अगाडी रेफ्री उनी सँग विवाद गर्न पुगे र सो क्रममा रेफ्री निकै आक्रामक देखिन्थे। रेफ्री डारेन ड्राइसडेललाई अन्य खेलाडीले नियन्त्रणमा राख्न प्रयास गरे र रेफ्रीको त्यो कार्य अनावश्यक थियो ।

इप्सविच टाउनका खेलाडी सँग रेफ्रीले न्यु खोज्ने जस्तो गरे पछि विपक्षी टिम नर्थ्याम्प्टनका खेलाडीहरूले पनि रेफ्रीलाई रोके।

रेफ्री ड्राइसडेलको सो अनावश्यक कार्यको सबै तिर आलोचना हुँदै छ भने उनले आफ्नो शक्तिको दुरुपयोग गरेको भनेर धेरै फ्यानहरूले आरोप लगाएका छन्।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ