रेफ्रीको निर्णय प्रति बार्सिलोना समर्थकको असन्तुष्टि

ला लिगा अन्तर्गत शनिबार राति बार्सिलोना २-१ गोल अन्तरले हारे। क्याडिजका खेलाडीले लिङ्लेतको जर्सी डि बक्स भित्र तानेका थिए। यद्यपि, रेफ्रीले खेल जारी राख्न आग्रह गर्दै पेनाल्टी दिन अस्विकार गरे।

क्याडिज डिफेन्डर पेद्रो अल्कालाले डि बकस भित्र लिङ्लेतको जर्सी तानेको देखिन्छ। यस घटना’bout रेफ्रीको निर्णय प्रति बार्सिलोना समर्थकहरुले औला उठाएका छ्न। स्मरण रहोस एल क्लासिकोमा लिङ्लेतले रामोसलाई सोही तरिकाले जर्सी तान्दा रियल म्याड्रिडलाई पेनाल्टी दिइएको थियो।

यद्यपि रेफ्रीले खेल जारी राख्न भन्दै घटनालाई बेवास्ता गरे। भिएआरले पनि सोही घटना प्रती कुनै चासो देखाएनन।