टर्कीको फुटबल लिगको खेलमा निकै अनौंठो घटना भएको छ। खेलाडीले रेफ्रीको निर्णय गलत रहेको भनेर रिप्ले फोनमा देखाउन खोजे पछि उक्त खेलाडीले रातो कार्ड पाए पछि सो घटनाको धेरै चर्चा हुदै छ।
Sivasspor captain Hakan Arslan sent off (two bookings) after trying to show ref a dubious decision on his phone and then hurling it to the ground pic.twitter.com/jKc4HN7pRR
— James Dart (@James_Dart) December 28, 2020
सिभास्पोर र बेसिकटास बीचको खेलमा सिभास्पोर १ गोलले पछि थिए र सिभास्पोरका कप्तान हकन अर्सलन रेफरीको निर्णयबाट खुसी थिएनन् र हाफ टाइमको समय ३२ वर्षीय खेलाडी पिच बाहिर गए र फोनबाट रेफ्रीको निर्णय गलत रहेको भनेर रिप्ले देखाउन कोशिश गरे।
Sivasspor captain Hakan Arslan sent off at half-time of the match against Besiktas on Monday for wanting to show a video on a mobile phone to the referee after a contentious action. pic.twitter.com/Qk7Bg720pM
— Sky Football (@skyfootball_eng) December 28, 2020
उनले फोन रेफ्रीको अनुहारमा राखे र निर्णयको लागि विवाद गरे, उनले आफ्नो कार्यहरूको लागि पहेंलो कार्ड प्राप्त गरे। अर्सलन झन् क्रोधित भए र उनले आफ्नो फोन मैदानमा फ्याके र रेफ्रीले उनलाई दोस्रो पहेलो कार्ड देखाए र उनलाई मैदान छोड्न आदेश दिए।
सिभास्पोरले उक्त खेलमा ३-०को हार बेहोरेको थियो भने क्लब कप्तानको उक्त कार्यको चर्चा धेरै हुदै गएको छ।