मोरक्कोले विश्व कपको सेमिफाइनलमा फ्रान्ससँगको हार पछि उक्त खेलका रेफ्री माथि फिफामा उजुरी गरेको छ ।
थियो हर्नान्डेज र रान्डल कोलो मुआनीको गोलमा साविकको विजेता फ्रान्सले मोरक्कोलाई २-०ले पराजित गरेको थियो र उक्त जित पछि फ्रान्स फाइनल पुगेको हो।
🚨 Morocco have filed a complaint to FIFA regarding Cesar Ramos’ refereeing performance as they exited the World Cup against France https://t.co/mivVmpXAUx
— Mirror Football (@MirrorFootball) December 15, 2022
खेलका क्रममा रेफ्री सेजर रामोसले गरेका केही निर्णयप्रति मोरक्कोले अहिले आक्रोश व्यक्त गरेको छ, उक्त खेलमा मोरक्कोले दुई पेनाल्टी पाउन पर्ने तर रेफ्रीले गलत निर्णय लिएको भन्दै मोरक्कोको फुटबल संघले रेफ्री विरुद्ध फिफामा उजुरी दर्ता गरेको जानकारी छ।
मोरक्कन फुटबल संघले एक बयान जारी गर्दै खेलमा मोरक्कोले दुई पेनाल्टी पाउन पर्ने तर नपाएको जसको कारण मोरक्कोको हार्न पुगेको दाबी गरे भने रेफ्रीको निर्णय प्रति आफ्नो विरोध जनाउँदै फिफामालाई आफूले पत्र पठाएको मोरक्कन फुटबल संघले बताए।
🚨 The Moroccan Football Federation has decided to file an official complaint with FIFA regarding the France-Morocco refereeing.
(Source: @footmercato) pic.twitter.com/dfzggYpYTj
— Transfer News Live (@DeadlineDayLive) December 15, 2022
सो खेलमा मोरक्कन खेलाडी माथि भएको फाउलमा रेफ्रीले भिएआर प्रयोग नगरेको पनि मोरक्कोले गुनासो गरेको छ उक्त खेलमा रेफ्री रहेका सेजर आर्टुरो रामोसलाई लक्षित गर्दै मोरक्कोले फिफामा रेफ्री विरुद्ध उजुरी दर्ता गरेको छ।