एजेन्सी, बिश्व कप छनौट अन्तर्गतको खेलमा पोर्चुगलका कप्तान रोनाल्डोले अतिरिक्त समयमा प्रहार गरेको बल गोल लाइनबाट क्लेर गर्दै सर्बियाका खेलाडिले गोल हुनबाट बचाए।
रोनाल्डोले उक्त प्रहार गरेको बल गोल भएको दाबी गर्दै रेफ्रि माथी खनिए। उन्ले कप्तानको आर्म्ब्यान्ड मैदानमा फाल्दै मैदान छाडे।
यस २०२२ बिश्व कप छनौटमा भिएआरको प्रयोग भने गरिएको थिएन। त्येसो त गोल लाइन प्रविधी प्रयोगमा आए पनि निर्णय भने पोर्चुगलको बिरुद्धमा गयो।
पोर्चुगलले सर्बियामा २-० गोलको अग्रता बनाएको थियो। दिएगो जोटाले दुबै गोल गरेका थिए। तर अग्रता जोगाउन नसक्दा खेल २-२ गोलको बराबरीमा सकियो।
फिओरेन्टिनाका डिफेन्डर निकलो मिलेन्कोभिले खेलको अन्तिम समयमा रातो कार्ड पाए पछि मैदान छोड्न बाध्य भए।
तर विवाद खेलको अन्तिम मिनेटमा हुनपुग्यो। रोनाल्डोले गोलकिपरलाई छलाउदै बल गोलपोस्टमा प्रहार गरे। उक्त बलले गोल लाइन नागेको भिडियोमा देख्न सकिन्छ तर रेफ्रिले गोल नदिए पछि विवाद निम्तिएको हो।
TALK ABOUT LATE DRAMA!
A double goal-line clearance in stoppage time to deny Portugal a last-gasp win vs 10-man Serbia.
Ronaldo shown a yellow & throws armband in disgust as he walks off the pitch… adamant the ball crossed the line 👀#SRBPOR #WCQ
— Sacha Pisani (@Sachk0) March 27, 2021
रोनाल्डोले खेल रद्द गर्न फिफा र युइएफएलाई अनुरोध गरे। उन्ले सो प्रतिकृया गरेको भन्दै रेफ्रिले पहेलो कार्ड देखाए।
पोर्चुगल समुह `बि´मा दोश्रो स्थानमा रहेको छ। युक्रेन शिर्ष स्थानमा छ। अब पोर्चुगलले बिश्व कप छनौट अन्तर्गत मार्च ३१ तारिकमा लग्जम्बर्गको सामना गर्नेछ।