रेफ्रिको अन्तिम खेलमा हालान्डले उपहार दिए

एजेन्सी, बोरुसिया डर्ट्मुण्ड स्ट्राइकर फेरि एक पटक चर्चामा आएका छन। शनिबार बोरुसिया डर्ट्मुण्डले बायर लेभर्कुशेनलाई ३-१ गोल अन्तरले पराजित गरे। उक्त खेल अन्तिम पल्ट रेफ्रि म्यानुएल ग्राफेले खेलाए।

खेल सके पछि हालान्डले रेफ्रिलाई आफ्नो जर्सी दिदै आदानप्रदान गरे। ग्राफेको यो नै अन्तिम खेल थियो।

नर्वेजियनको जारी सिजन ४१ खेलमा ४१ गोल र १२ अस्सिट गरे।

सिजन सकेसंगै हालान्डको अन्य क्लबसंग नाम जोडि सकेका छन। उन्को बुवा र एजेन्ट युरोपका विभिन्न क्लबसंग वार्ता गर्दै छन। रियल र बार्सिलोना जस्ता क्लबको पदाधिकारीसंग केही महिना अगाडि भेटेका थिए। यद्यपि, डर्ट्मुण्ड भने उनी अर्को सिजन पनि क्लबमा रहनेमा ढुक्क छन।