रेफरी संगै भीएआर हेर्न प्रयास गरे पछि सुआरेजले पाए पहेलो कार्ड

एटलेटिको म्याड्रिड र लोकोमोटिव मस्कोबीचको च्याम्पियन्स लिग खेलमा एक हास्यास्पद घटना भएको थियो जसको हाल धेरै चर्चा हुदै गरेको छ ।

खेलमा लोकोमोटिवको लागि पेनाल्टीको बारे भीएआरमा रेफरी जाँच गर्दै गर्दा रेफरीको पछाडीबाट सुआरेजले पनि मोनीटरमा हेर्ने प्रयास गरे र रेफरीले उनलाई देख्ने पछि उनलाई पहिलो कार्ड दिए ।

उक्त भीएअर जाँचबाट लोकोमोटिवले पेनाल्टी पनि पाए। जसको मद्दतबाट लोकोमोटिवले खेल १-१को बराबरीमा लग्न सफल भए।

लोकोमोटिवको एन्टोन मिरन्चुकले पेनल्टीलाई रूपान्तरण गर्दै, जोसे गिमेनेजका ओपनरलाई रद्द गरे र खेल १-१मा अन्त्य भएको थियो।

खेल भन्दा पनि सुआरेजले गरेको उक्त हास्यास्पद कार्यले धेरै चर्चा पाएको छ भने सामाजिक संजाल उनको सो घटना बारे मिम र ट्रोलहरु आउन थालेको छ।