रेड कार्ड पाए पछि लिलका डिफेन्डर सँग झगडा गर्न पुगे नेमार

फ्रेन्च लिग वानमा । पिएसजी घरेलु मैदानमा लिलसँग पराजित भएको थियो । गए राति भएको खेलमा पीएसजी लिलसँग १-० गोल अन्तरले पराजित भएको हो ।

तनावपूर्ण बनेको खेलमा दुवै टिम १० खेलाडीमा समेटिन पुगेको थियो । पिएसजीका स्टार नेमार दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । लिलका थियागो जालो पनि पहेँलो कार्ड खादै मैदानबाट बाहिरिएका थिए ।

उक्त दुई खेलाडीहरूले रातो कार्ड पाए पछि मैदान छोड्ने क्रम स्टेडियमको टनेल भित्र दुई बिच फेरी तनाव भएको एक भिडियोले देखाएको छ।

रातो कार्ड पाए पछि दुवै खेलाडी टनेल भित्र जान क्रममा एक अर्का सँग भनाभन गरेको देख्न सकिन्छ भने अन्त्य तिर दुई बिच फेरी तनाव भएको देखिन्छ भने दुईलाई धेरैले रोक्न प्रयास गरेको पनि देख्न सकिन्छ।

खेलको अन्तिम समयमा जालोले नेमार माथि ट्याकल गरे भने बल लिने क्रममा नेमारले पनि उनलाई धक्का दिए र सो घटना पछि दुवैले रातो कार्ड पाएका थिए।

यो हारपछि शीर्षस्थान गुमाएको पीएसजी ३१ खेलबाट ६३ अंक जोडेर दोस्रो स्थानमा झरेको छ । पीएसजीलाई हराएको लिल ६६ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ ।