रेञ्जर्स माल्मोसंग पराजित, मोनाकोलाई सहज जित

एजेन्सी, च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको छनोटमा स्कटिस च्याम्पियन रेञ्जर्स स्विडिस क्लब माल्मोसंग पहिलो लेगमा पराजित भएको छ । माल्मोले रेञ्जर्सलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

बल पोसेसनमा केही पकढ बनाए पनि बल पोष्टमा प्रहार गर्न नसक्दा रेञ्जर्स हार बेहोर्न बाध्य भएको हो ।

खेलमा सबै गोल दोश्रो हाफमा सम्भव भएको थियो ।

माल्मोलाई अग्रता दिलाउन ४७ औं मिनेटमा बिर्मासेभिकको पासलाइ राइक्सले गोल गरे ।

पाहिलो गोल गरेको दुई मिनेट पछि बिर्मासेभिकले दोश्रो गर्दै अग्रता दोब्बर पारे ।

यस्तै, खेलको ९० मिनेटमा रायन केन्टको पासमा स्टेभेन डेभिसले गोल गर्दै नतिजा २-१ मा ल्याए ।

स्टेभिन जेराडको रेञ्जर्सले दोश्रो लेग घरेलु मैदान आइब्रक्स स्टेडियममा अगस्त ११ मा खेल्नेछ ।

त्येस्तै, अन्य खेलमा मोनाकोले स्पार्टा प्रहालाई २-० गोलले जित्दा सिएफआर क्लुज र यङ ब्वाइज बराबरीमा चित्त बुझाउनु पर्यो ।

पिएसभिले डेनिस क्लब मिढ्टिल्यान्डलाई ३-० गोलको फराकिलो अन्तरले हराउदा, शक्टारले बेल्जियम क्लब गेन्कलाई २-१ ले पहिलो लेगमा अग्रता लिएको छ ।