रेचालिसन टोटेन्हम अनुबन्ध हुँदै

एजेन्सी । एभर्टनका फरवार्ड रिचार्लिसनले आज मेडिकल जाँच दिने छ । टोटेन्हम अनुबन्ध अगाडि रिचालिसनको मेडिकल जाँच तय भएको हो ।

टोटेन्हमले ६० मिलियन पाउण्ड तिर्ने सम्झौता सहित रिचालिसनलाई क्लबमा अनुबन्ध गर्न लागेको हो ।

त्यस्तै, सबै प्रक्रिया पूरा भए रेचालिसन टोटेन्हमको चौथो अनुबन्ध हुनेछ । क्लबले यसअघि, पेरिसिच, फोस्टर र बिसौमालाई अनुबन्धित गरिसकेको छ ।

रिचालिसनले ब्राजिलमा मेडिकल जाँच हुने तय भएको छ ।

२०१८ मा वाट्फोर्डबाट एभर्टन ४० मिलियनमा अनुबन्ध भए पछि उनले एभर्टनका लागि १५२ खेलमा ५३ गोल गरेको छ । यस्तै, गत सिजन रेचालिसनले एभर्टनका लागि ११ गोल गर्दै क्लबलाई रेलिगेसन हुनबाट जोगाउन महत्त्वपूर्ण भुमिका निर्वाह गरे ।