रुबेन डियास हाल विश्व फुटबलको सबैभन्दा उत्कृष्ट डिफेन्डर रहेको मोरिन्होको दाबी

रोमाका कोच जोसे मोरिन्होले म्यानचेस्टर सिटीका स्टार डिफेन्डर रुबेन डियासलाई विश्वको सर्वश्रेष्ठ घोषित गरेका छन्।

सिटी सँग डियासको पहिलो शानदार रुपमा अन्त्य भयो उनले क्लब सँग प्रिमियर लिग र लिग कप जिते भने व्यक्तिगत अवार्डमा उनले एफडब्ल्यूए फुटबलर अफ इयर रप्रिमियर लिग प्लेयर अफ द ईयर अवार्ड जित्न सफल भए। पोर्चुगलको युरो आशाबारे छलफल गर्दै मोरिन्होले द सन सँग कुरा गर्दै स्टार डिफेन्डरको प्रशंसा गरे ।

“रुबेन डियास हाल विश्व फुटबलको सबैभन्दा उत्कृष्ट सेन्टर ब्याक हुन्।- मोरिन्होले बताए

“म्यानचेस्टर सिटीको साथ प्रिमियर लिगमा उनको ट्रान्सफर सँग, उनी ज्ञानको फरक स्तर पाउँदै छन्।

“उहाँ एक उत्कृष्ट सेन्टर ब्याक हुन् र उनको साथ युरोमा पेपे छन् , ३८ वर्षका अनुभवी साथ। यो पोर्चुगलको लागि एक शक्ति हुन सक्छ किनकि उनीहरूसँग धेरै प्रतिभाशाली खेलाडीहरू आक्रमणमा छन् भने डिफेन्समा पनि राम्रो छ। “