वेन रुनीको अन्तिम खेलमा फराकिलो हार

पूर्व म्यानचेस्टर युनाइटेडका फरवार्ड रुनीले अमेरिकामा डि सि युनाइटेडका लागि आफ्नो अन्तिम खेल खेलेका छन र अब डर्बी काउन्टीको लागि खेलाडी-कोचको भूमिकाका लागि आफ्नो नयाँ क्यारियर शुरू गर्न इङ्गल्यान्ण्ड फर्कने तयारीमा रहेका छन ।

रुनीले आफ्नो अन्तिम खेलमा टोलिलाई बराबरी गोल गरेता पनि हारबाट जोगाउन भने सकेनन।

खेल १-१ गोलको बराबरी पछि अतिरिक्त समयमा गएको थियो। अतिरिक्त समयमा रिची लारीयाले एक गोल गर्दै आफ्नो टिम टोरोन्टोलाइ २-१ को स्थितीमा पुरायो, त्यस लगतै जोनाथन ओसोरियोले तेस्रो र चौथो गोल गरे र पाचौ गोल निक डिलेऑनले गरे।

रुनीलाई ब्रेकमा मैदनबाट निकालेको थियो, र एमएलएसमा उनको अन्तिम क्षणहरू बेन्चमा बसी टिम हारेको हेर्ने भन्दा अरु बिकल्प थिएन।

रूनी अब केही महिन बिश्राम लिने छ र जनवरीमा डर्बी काउन्तीसँग अनुबन्धित हुनेछन।