रियाल म्याड्रिडका स्ट्राइकर बेन्जेमा बिरुद्ध फ्रान्समा मुद्दा चल्न सक्ने

रियाल म्याड्रिडका स्ट्राइकर करिम बेन्जेमालाई उनको फ्रान्सका टिममेट मैथियु भ्यालबुयेनाको सेक्स टेपमा ब्ल्याकमेल सम्बन्धी षडयन्त्रमा संलग्न भएको आरोपमा मुद्दा चल्न सक्ने खबर छ।

२०१५मा ३२ वर्षीया बेन्जेमा माथि फ्रान्सेली अधिकारीहरूले ब्ल्याकमेल योजनामा उनि सामेल बह्येको आरोप लगाएको थियो उनले भ्यालबुयेनालाई रकम भुक्तानी गर्न प्रोत्साहित गरेको बताएका थिए।

आरएमसी स्पोर्टका अनुसार फ्रान्सेली न्यायपालिकाले बेन्जेमाको बिरूद्ध ‘ब्ल्याकमेल प्रयासलाई सहयोग पुर्‍याउने’ केसमा मुद्दा चलाउन खोजेको छ।

यो घटना यूरो २०१६ युरो कप अघि भएको थियो र बेन्जेमाले सो कारण राष्ट्रिय टिममा आफ्नो ठाउँ गुमाएका छन् ।