रियल सँग ३-१को हार पछि लिभरपुलका कोच क्लोपको यस्तो अनौठो बहाना

च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटर फाइनलको पहिलो लेगमा स्पेनिस क्लब रियल मड्रिडले लिभरपुल विरुद्ध ३-१को जित हासिल गरेको छ।

उक्त खेल भने अल्फ्रेडो डि स्टिफानो स्टेडियम भएको थियो रियलको स्टेडियम सान्टियागो बर्नबेउको नवीकरण कार्य जारी रहेको कारण सो खेल अल्फ्रेडो डि स्टिफानो स्टेडियममा भएको थियो र हार पछि लिभरपुलका कोच क्लोपले सो मैदानको आलोचना गरे।

हार पछि क्लोपले पोस्ट म्याच सम्मेलनमा उक्त स्टेडियमको बारे बोले र सो स्टेडियम अनौठो रहेको बताए। “आजको खेल अनौठो थियो स्टेडियमको कारण तर एनफील्ड कम्तीमा एक उचित स्टेडियम हो – त्यो हाम्रोलागि राम्रो हुनेछ।”- क्लोपले भने।

क्लोपले रियलको उक्त अस्थायी होमलाई प्रशिक्षण मैदान सँग पनि तुलना गरे। “यो रङ्गशाला हामी कहीँ पनि खेलेको भन्दा बिलकुलै फरक छ। यो प्रशिक्षण मैदान जस्तो रहेको छ।”

आफ्नो होममा खेलमा कम ब्याक गर्दै जित्ने उनको विश्वास रहेको छ र आफ्नो स्टेडियम एनफील्डले सो कुरामा मद्दत गर्ने पनि उनले दाबी गरे भने बार्सा सँगको कम-ब्याक जितको उनले सन्दर्भ दिए।

“यो पूर्ण रूपमा भिन्न हुनेछ। बार्सिलोना खेल फेरी हेर्नुहोस् र ८०% खेलको सुधार स्टेडियमको वातावरणले भएको थियो। र हामी फेरी पनि उचित प्रयास गर्ने छौँ।”