रियल सँग सम्झौता विस्तार नभए मार्सेलोले फुटबलबाट सन्यास लिन सक्ने

ला लिगा क्लब रियल म्याड्रिडका अनुभवी ब्राजिलियन डिफेन्डर मार्सेलोले फुटबलबाट संन्यास लिन सक्ने खबर छ।

मार्सेलोको रियल म्याड्रिडसँगको सम्झौता अन्त्य हुने नजिकै रहेको छ, क्लबमा उनले एक दशकभन्दा बढी समय बिताएका छन्। २०२२को जुलाईमा उनको सम्झौता अन्त्य हुने छ र उनी फ्री एजेन्ट बन्ने छन् रियलले भने उनी सँग सम्झौता विस्तार गर्ने कुनै सङ्केत नदिएको बेला मार्सेलो फुटबलबाट रिटायर हुन सक्ने खबर छ।

रियल सँग उनको सम्झौता अन्त्य भए पछि उनको नयाँ गन्तव्य ब्राजिलियन क्लब हुन सक्ने चर्चा थियो तर हाल खबर अनुसार उनले संन्यास लिने निर्णय गर्न सक्ने छन्। दुई क्लब फ्लुमिनेन्स र बोटाफोगो उनलाई साइन गर्न इच्छुक रहे पनि मार्सेलोले आफ्नो निर्णय सार्वजनिक गरेका छैनन्।

मार्सेलोले क्लबका लागि ५३२ खेल खेलेका छन्, आफ्नो आइडल रोबर्टो कार्लोसको ५२७ खेलको रेकर्ड तोड्दै उनी रियल म्याड्रिडका लागि धेरै खेल खेल्ने दोस्रो विदेशी खेलाडी बनेका छन्, उनी मात्र बेन्जेमा भन्दा पछि छन् जसको ५७४ खेले रहेको छ।