रियल ला लिगा उपाधिको धेरै नजिक

रियल म्याड्रिडले शुक्रबार स्पेनी ला लिगामा एलाभेसलाई २–० ले हरायो र लिग उपाधिबाट दुई जित टाढा रह्यो । रियलले करिम बेन्जेमाले पेनाल्टीबाट गरेको गोलले अग्रता लिएको थियो ।

त्यसपछि उनकै पासमा मार्को एसेन्सोले दोस्रो गोल गरे । यो जितपछि रियल दोस्रो स्थानमा रहेको बार्सिलोनामाथि चार अंकले अगाडि रह्यो । ३ खेल बाँकी रहँदा रियल अंकसहित शीर्ष स्थानमा रहेको छ भने दोस्रो स्थानमा रहेको बार्सिलोनाको ७६ अंक छ । बार्सिलोनाले शनिबार रियल भालाडोलिडको सामना गर्दैछ ।

त्यसमा बार्सिलोना पराजित रहे रियलले सोमबार ग्रेनेडाविरुद्धको खेल जितेर लिग उपाधि आफ्नो बनाउन सक्नेछ । शुक्रबारको अर्को खेलमा ग्रेनेडा रियल सोसिडाडमाथि ३–२ ले विजयी रह्यो ।