रियल र म्यान युनाइटेड जस्तो ठुलो युरोपियन क्लबहरूलाई फिफा र युइएफएको कडा चेतावनी

युरोपको १२ ठुलो क्लबहरूले नयाँ युरोपियन सुपर लिग गठनको घोषणा गरेको छ। बार्सिलोना, रियल म्याड्रिड, एटलेटिको म्याड्रिड, युभेन्टस, इन्टर मिलान, एसी मिलान, म्यान्चेस्टर युनाइटेड, अर्सेनल, लिभरपुल, चेल्सी, म्यान्चेस्टर सिटी र टोटनह्याम सो लिगको संस्थापक र स्थायी सदस्य हुने जानकारी छ। उक्त नयाँ युरोपियन ‘सुपर लिग’ गठन हुने भनेर उक्त क्लबहरूले आइतबार पुष्टि गरेको थियो।

उक्त ठुलो क्लबहरूको सो नयाँ लिग निर्णयको फ्यानहरूले कडा आलोचना गरेका छन् भने फिफा र युइएफएले सो क्लबहरू र क्लबका खेलाडीहरूलाई प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्।

नयाँ ‘सुपर लीग’ सुरु गर्ने बारे म्यानचेस्टर युनाइटेड र लिभरपुल धेरै समय देखि इच्छुक थिए भने र ‘सुपर लीग’ प्रोजेक्टमा सामेल हुन धेरै ठुलो युरोपियन क्लबहरू इच्छुक थिए।

यो लिगमा २० टिम हुने र युरोपको शीर्ष क्लबले मात्र सो लिग खेल्न पाउने छ। सो सुपर लिगमा खेल्ने क्लबका खेलाडीहरूलाई अन्तर्राष्ट्रिय खेल विश्वकप र युरो कप जस्तो प्रतियोगिताबाट प्रतिबन्ध गर्ने फिफाको चेतावनी रहेको छ भने ला लिगा, सिरी ए र प्रिमियर लिग जस्तो घरेलु लिगहरूले पनि सो निर्णयको निन्दा गर्दै प्रतिबन्धको चेतावनी जारी गरेको छ।

२०२२ सम्म सो लिग सुरु गर्ने क्लबहरूको योजना र बजेट $६ बिलियन बजेटको पनि तयारी रहेको चर्चा छ भने सो लिगका संस्थापक सदस्यहरू लिगबाट रेलेगेत हुने छैनन् भने सो लिग अमेरिकी शैलीको हुने छ जसमा सो क्लबहरू जहिले सुरक्षित हुने छन्। । हाल सो सुपर लिगको सबै तिर आलोचना हुँदै छ।